मनकामना केबलकार मंगलबार बन्द हुने


काठमाडौं । मनकामना केबलकार सेवा मंगलबार एक दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।

कम्पनीका अनुसार नियमित मर्मतसम्भारका लागि मंगलबार केबलकार सेवा बन्द हुने भएको हो ।

चाडपर्वअघि केबलकारलाई सुरक्षित र भरपर्दो बनाउन नियमित तालिकाअनुसार मर्मतसम्भार गर्न लागिएको कम्पनीले जनाएको छ ।

मर्मतसम्भारको काम सम्पन्न भएपछि २१ असोज बुधबारदेखि केबलकार सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।