सहमहामन्त्री पदमा उम्मेदवारी घाेषणा गर्दै शिवाकाेटीले भने-‘महाधिवेशनबाट युवाहरुलाई विशेष स्थान दियाैँ’


१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन्। नेता शिवाकाेटीले आज रिपाेर्टस क्लब नेपालकाे साक्षात्कारमा पार्टीकाे माहधिवेशन सन्दर्भमा आफ्नाे धारणा राख्दै सहमहामन्त्री पदमा उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरेका हुन् ।

निवर्तमान सभापति शेर बहादुर देउवालाई पार्टीकाे उद्घाटन समाेराहमा कुरीरहेकाे भएपनि उपस्थित नभएकाे बताए । उनले देउवा सहभागि नहुनुकाे कारण आफुलाई स्प्ट नभएकाेसमेत बताए । ‘निवर्तमान सभापति ज्युलाई उद्घाटन समाराेहमा करीरह्याैँ । तर किन उपस्थित हुनुभएन, जानकारी छैन,’ उनले भने ।

१५औं महाधिवेशनबाट पार्टीले युवाहरुलाई विशेष स्थान दिइएकाे उनकाे दाबी छ । कांग्रेसलाई पूर्ण लाेकतान्त्रिक र समाेवेशि बनाउन आफूहरु लागिरहेकाे उनकाे भनाई थियाे ।

महाधिवेशनमा कुल ७ हजार २८ जना प्रतिनिधि सहभागी हुँदैछन्।

उनी कांग्रेसको १४औं महाधिवेशनमासमेत निर्वाचन प्रक्रियामार्फत लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित बनेका थिए।

यस्तै उनी विषेश महाधिवेशनमार्फत पनि केन्द्रीय सदस्य चुनिएका थिए।

१४औं महाधिवेशनमा निर्वाचित भएपछि उनले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुख भएर महत्वपूर्ण काम गरे।

कांग्रेस राजनीतिमा आउनुअघि शिवाकोटी पत्रकारिता क्षेत्रमा सक्रिय थिए।

उनी तत्कालीन समयमा प्रतिनिधि सभाको सभामुख रहेका कृष्णबहादुर महरा र तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डसम्बन्धि समाचार लेखेर चर्चामा आएका थिए।

त्यसबखत बहालवाला सभामुख र संचारमन्त्रीको पद खोसिएको थियो।

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य, महासचिव हुँदै कांग्रेसको मुलधारको राजनीतिमा भित्रिएका उनी गत प्रतिनिधि सभा निर्वाचनमा दोलखाबाट कांग्रेस उम्मेदवार बनेका थिए।

पत्रकारितामा रहँदा भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा कलम चलाएका शिवाकोटीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कारहरु प्राप्त गरेका छन्।