काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका लागि सातवटा एजेन्डा पारित गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले छलफलका लागि सातवटा एजेन्डा पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकमा राष्ट्रिय राजनीतिक परिस्थिति, संगठन विस्तारदेखि पार्टीको आन्तरिक संरचना र जिम्मेवारी बाँडफाँटसम्मका विषय समेटिएका छन्।
बैठकका लागि पारित सात एजेन्डा यस्ता छन् :
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२. जनजागरण तथा संगठन सुदृढीकरण अभियान
३. महाधिवेशन तथा अधिवेशनहरू
४. केन्द्रीय कार्यसमिति गठन तथा बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्यविभाजन
७. विविध
पारित एजेन्डामाथि बैठकमा छलफल जारी रहेको छ।




प्रतिक्रिया