एमाले स्थायी कमिटीको बैठक जारी


काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि जारी छ ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकमा केन्द्रीय कमिटी बैठकबाट निर्णय हुन बाँकी विषयमा निर्णय गर्ने तयारी रहेको छ ।

बैठकले विभिन्न कमिटी र विभागहरूलाई पूर्णता दिने बताइएको छ ।

बिहीबारबाट सुरु भएको बैठक आज सक्ने तयारी रहेको एमाले नेता लेखराज भट्टले जानकारी दिए ।