बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै


रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् ।

आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज २५ गतेदेखि पुल निर्माण भइरहेको छ । पुलको काम आधा सकिएको र शनिबारदेखि पैदल आवागमन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको वडाध्यक्ष गोम्बोछिरिङ तामाङले जानकारी दिए ।

यातायात अवरुद्ध हुँदा स्थानीय किसानले उत्पादन गरेका बन्दा, आलु र सिमीजस्ता तरकारी बजारसम्म पुर्‍याउन सकेका छैनन् । किसानले बाली बारीमै कुहिने जोखिम बढेको भन्दै मुख्य सडक मर्मत गरी सवारीसाधन सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Skip This