धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा गरेका छन्।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित गल्छी गाउँपालिका–६ का करिब ५०–६० परिवारसँग अन्तरक्रिया गर्दै धमलाले खत्रीको घर बनाइदिने प्रतिबद्धता जनाएका हुन्।
बाढीले घरसहित सबै सम्पत्ति गुमाएर बेसहारा बनेकी खत्रीले धमलासमक्ष रुँदै आफ्नो पीडा सुनाएकी थिइन्। उनको अवस्था सुनेपछि धमलाले घर बनाइदिने घोषणा गरे। भावुक बनेकी खत्रीले ‘भगवानको रूपमा धमला सर आइपुग्नुभयो’ भन्दै धन्यवाद व्यक्त गरिन्।
दशैँ, तिहार र छठपर्व नजिकिँदै गर्दा घरबारविहीन बनेका परिवारले चाडपर्व कसरी मनाउने भन्ने चिन्ता व्यक्त गरेका थिए। धमलाले पीडित बाढीले घरबार गुमाएकी नानी कान्छीलाई घर बनाइदिने ऋषि धमलाको घोषणालाई दशैँ मनाउन नगद सहयोगसमेत गरे।
आफ्नो दुःखमा साथ दिन कोही नआएको अवस्थामा धमला बस्तीमै पुगेर समस्या सुनेको भन्दै पीडितहरूले खुसी व्यक्त गरे।
धमलाले दशैँ, तिहार र छठपर्वलगत्तै बाढीपीडित परिवारको पुनःस्थापना तथा घर पुनर्निर्माणका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।





प्रतिक्रिया