गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि अवरुद्ध बनेको गोरखा र धादिङ जोड्ने आरुघाटको सडक सम्पर्क पुनः सञ्चालनमा आएको छ। नेपाली सेनाले बाढीले क्षति पुर्याएको स्थानमा बेलिब्रिज जडान गरेपछि आवागमन सहज बनेको हो।
असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो। पुलमा क्षति पुगेपछि गोरखा र धादिङबीचको नियमित यातायात प्रभावित भएको थियो।
क्षतिग्रस्त पुल रहेको स्थानमा नेपाली सेनाले बेलिब्रिज जडान गरी आवागमन पुनः सञ्चालनमा ल्याएको हो। हाल मोटरसाइकल तथा पैदलयात्रीका लागि पुल खुला गरिएको छ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार बुधबारदेखि अन्य सवारीसाधनसमेत सञ्चालन गर्न मिल्नेछ।
बेलिब्रिज निर्माणसँगै बाढीका कारण विच्छेद भएको गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः स्थापित भएको छ।




प्रतिक्रिया