काठमाडौँ। पूर्वराष्ट्रपति तथा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छन् । उनी बिहीबार सम्मेलनमा सहभागी हुन् चीन गएकी थिइन् ।
भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना गरिएको …ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी हुन् ।
परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण …थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो ।
सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा शनिबार सम्बोधन गरेकी थिइन् । त्यसक्रममा उनले जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा आफ्नो धारणा राखेकी थिइन् ।
उनले नेपालमा हालै भएको अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीररूपमा लिन विश्व समुदायसमक्ष आग्रह गरेकी थिइन्।




प्रतिक्रिया