काठमाडौं । प्रेस स्वतन्त्रताको सुनिश्चितता र पत्रकारमाथि भएको प्रहरी धरपकडको विरोधमा नेपाल पत्रकार महासङ्घको आयोजनामा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
वर्षाका बीच पनि पत्रकारहरूले पानीमा भिज्दै मौन प्रदर्शनमार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाएका हुन्। उनीहरूले पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेर गरिएको धरपकडको विरोध गरेका छन्।
शुक्रबार सादा पोशाकमा खटिएका प्रहरीले विभिन्न सञ्चारगृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएका थिए। समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाको चौतर्फी विरोध भएपछि उनीहरूलाई शुक्रबार साँझ रिहा गरिएको थियो।




प्रतिक्रिया