१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लामा भएका समस्या समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।
गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
अन्तर्क्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा सहभागी बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका थिए।




प्रतिक्रिया