एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित


१७ कात्तिक, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान रोहित पौडेलले अविजित ४७ र निरोशन डिकवेलाले २७ रन बनाए।

यसअघि पोखराले ९ विकेटको क्षतिमा ९७ रन बनाएको थियो। लुम्बिनीका रुबेन ट्रम्पलमानले सर्वाधिक ३ विकेट लिए।

यो जितसँगै ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार तीन हार बेहोरेको पोखरा पुछारमा छ।