‘राष्ट्रियता र जनजीविकाका मुद्दामा पछि हट्दैनौँ’ : संयोजक सुनिल सिंह


काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले राष्ट्रियता र जनजीविकाको मुद्दामा आफ्नो अभियान कहिल्यै पछाडि नहट्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै संयोजक सिंहले देश र जनताको हितका विषयमा जेनजी र राष्ट्रिय जेनजी नागरिक अभियान कुनै पनि हालतमा सम्झौता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

“राष्ट्रियता र जनजीविकाका विषयमा जेनजीहरू र राष्ट्रिय जेनजी नागरिक अभियान पछि हट्नेवाला छैन,” सिंहले भने, “राष्ट्रिय हितको विषयमा हामी कुनै पनि हालतमा पछाडि हट्दैनौँ ।”

उनले सरकारको कार्यशैलीप्रति ध्यानाकर्षण गराउँदै निष्पक्ष र जनउत्तरदायी भएर काम गर्न आग्रह गरे । “सरकारले गम्भीर भएर सोचविचार गरोस्,” उनले थपे, “बालेन सरकारले निष्पक्ष तरिकाले देश र जनताको हितमा काम गर्नुपर्छ ।”

अभियानले आगामी दिनमा पनि जनसरोकारका मुद्दा र राष्ट्रिय हितका विषयमा निरन्तर खबरदारी जारी राख्ने जनाएको छ ।