महोत्तरी, २० कात्तिक । तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको पूmलबाट तिहार खर्चको जोहो गर्दैछन् । खासगरी भाइटीकाका दिन दाजुभाइलाई लगाइने सप्तरङ्गी टीका, माला, भाइमसाला र दिइने उपहार सामग्रीको खर्च यहाँका दिदीबहिनीले आफ्नै करेसाबारीको सयपत्री पूmलबाट जोहो गर्दैछन् ।
“यसपालि तिहारका लागि खर्च जुटाउन कतै रकम खोज्नु परेन, आफ्नै करेसाको पूmलले राम्रो आम्दानी दियो”, बर्दिबास–७ मनहरिपुरकी गृहिणी वीणा खत्री भन्छन्, “भाइटीकाका दिन दाजुभाइलाई लगाइने टीका, माला, भाइमसला, मिष्टान्न परिकार र सानोतिनो वस्त्र उपहार पुग्नेगरी रकम पाइयो ।” पूmलका व्यापारी घरै आएर सुरुमै भुक्तानी दिएर गएपछि तिहारको खर्चका लागि ढुक्क भएको उनको भनाइ छ ।
खत्रीजस्तै भङ्गाहा–४ रामनगरकी शर्मिला पोखरेलले पनि करेसाबारीकै केही बोट पूmलबाट राम्रै आय आर्जन गर्न पाइएको बताए । “यहीँ हेर्नोस् न, कति होलान र ? त्यही ५०÷६० बोट सयपत्रीका होलान्”, करेसाबारीमा ढकमक्क फुलेका सयपत्री पूmल देखाउँदै उनले भने, “यहाँका १० बोट आपूmले राखीकन दुई हजार रुपैयाँ पाइयो ।” तिहारलक्षित पूmल लगाउन सके राम्रो आम्दानी हुने बल्ल बुझेको उनको भनाइ छ । आउने वर्ष तिहारलक्षित गरेर सयपत्री पूmल खेतीकै रुपमा केही बढाइने पोखरेलको योजना छ ।
“अहिलेका बोट त व्यवसायिक उद्देश्यले लगाइएका होइनन्, घरको शोभाका लागि रोपिएका हुन्”, उनी भन्छन्, “तर यिनै बोटले अबचाहिँ केही खेती बढाउन पर्छ भन्ने चेत खोली दिए ।” उपयुक्त बेला पारेर फुलाउन सके सयपत्रीले राम्रो आम्दानी दिने विश्वास बढेको उनको भनाइ छ ।
यस्तै बर्दिबास–३ गौरीडाँडाकी करुणा पाण्डेको करेसाबारीका सयपत्री पूmलको व्यापारीले बैना दिएर गएका छन् । आर्जनका दृष्टिले नजोडिएका करेसाबारीका पूmलका बोटबाट पर्वको मुखमा पाएको रकमले आँखा खोली दिएको उनी बताउँछन् ।
तिहारका बेला निकै माग बढ्ने भएपनि महोत्तरीमा पूmलको व्यवसायिक खेती भने फस्टाउन सकेको छैन । तिहारबाहेक वर्षभरि आयोजना हुने धार्मिक अनुष्ठान र सभासमारोहमा अतिथि स्वागत सत्कारमा माला पहि¥याउने बाक्लै चलन छ । यी प्रयोजनमा बाहिरबाट ल्याइने पूmलमै आश्रित रहिएको बर्दिबास उद्योग वाणिज्य सङ्घका सचिव रिमनाथ अधिकारी बताउँछन् ।
जिल्लामा तिहारबाहेकका औपचारिक समारोह, धार्मिक अनुष्ठान, विवाहलगायतका समारोहमा मालाको प्रयोगको संस्कृति नै स्थापित छ । तर यहाँको माटो र हावापानी सयपत्री पूmलको खेतीलाई उपयुक्त भए पनि किसानले यसबारे खासै चासो नबढाएका कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरका सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।
“जिल्लामा पूmलको व्यवसायिक खेती तथ्याङ्कमा समावेस गरिने गरी खासै छैन”, सूचना अधिकारी महतो भन्छन्, “किसानले यसबारे चासो बढाए कार्यालयले सुलभ मूल्यमा उन्नत पूmलको बीउ र अन्य हेरचाहसम्मको प्राविधिक समन्वय गर्न सकिन्छ ।” यो कम खर्चिलो नगदेखेतीका रुपमा विकास गर्न सकिने उनको ठम्याइ छ ।
जिल्लामा बलवा नगरपालिकाका बनौटा, धमौरा, पडौलमा थोरथोरै मात्रामा किसानले आठ÷१० वर्षदेखि सयपत्री खेती गर्दै आएका छन् । यसबाहेक भङ्गाहा र गौशाला नगरपालिकाका केही बस्तीमा किसानले एकाध कठ्ठामा सयपत्री पूmलको खेती गरेका छन् । महोत्तरीमा यो खेती धेरै नभएपनि यहाँका पूmल टाढासम्मका व्यापारीको रोजाइमा भने पर्ने गरेको छ ।
बनौटा र पडौलतिर उत्पादित पूmल जनकपुरका व्यापारीले बारीबाटै उठाएर लैजाने गरेका पडौल बस्तीका राजकिशोर यादव बताउनुहुन्छ । केहीकेही पूmलखेती गर्दै आएका किसानले राम्रो बीउ र प्राविधिक सल्लाहको सहयोग पाउनसके यो खेती बढाउँदै लानसकिने बताएका छन् । यसैगरी घरशोभाका लागि केही बोट लगाउँदै आएका गृहिणीले पनि राम्रो बीउ र समयसमयको प्राविधिक हेरचाह र सल्लाह पाउनसके व्यवसायिक रुपमै पूmलखेती गरिने बताएका छन् ।




प्रतिक्रिया