काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितबाट विधिपूर्वक टीका लगाएका हुन्।
भाइटीकाको अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गरेकी थिइन्।
त्यसैगरी, राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार तथा दक्षिणा प्रदान गरेका छन्।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार निर्धारित शुभसाइतमै राष्ट्रपति पौडेलले भाइटीका ग्रहण गरेका हुन्।




प्रतिक्रिया