पूर्वराष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई शुभ साइतमा टिका र माला लगाइदिएकी छन्।

बुधबार शुभसाइत(११:७) मा उनले भाइलाई टिका र माला लगाइदिएकी हुन्।

भाइटीका नेपाली समाजमा दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका र माला लगाइदिने परम्परा छ।