एनपीएलमा आज दुई खेल: विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । ४ अंकसहित टोली अंक तालिकाको छैटौँ स्थानमा रहेको छ ।

यता पोखरा एभेन्जर्सले पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकाल्न सकेको छ । चार खेलमा पराजित भएको पोखरा अंक तालिकाको अन्तिम स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अंक सुधार गर्ने अवसर हुनेछ ।

आजै हुने दोस्रो खेलमा दिउँसो साढे ४ बजे कर्णाली याक्स र लुम्बिनी लाइन्सबीच प्रतिस्पर्धा हुनेछ ।

पाँच खेल खेलेको कर्णालीले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ ।

अर्कोतर्फ लुम्बिनी लाइन्सले पाँच खेलबाट तीन जित, एक हार र वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ । लुम्बिनी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजका दुवै खेलले टोलीहरूको अंक तालिकामा रहेको स्थान र आगामी चरणको सम्भावनालाई प्रभाव पार्नेछ ।