छठ मनाउन रवि–निकिता जनकपुर जाँदै, गंगासागरमा पूजा गर्ने तयारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसँगै छठ पर्व मनाउन जनकपुर जाने भएका छन्।

निकिता यसपटक जनकपुरको प्रसिद्ध गंगासागरमा छठ पूजा गर्ने तयारीमा छिन्। उनलाई साथ दिन रवि पनि शनिबार जनकपुर पुग्ने कार्यक्रम रहेको छ।

रवि शनिबार मध्याह्न हवाईमार्गबाट पत्नी निकितासँगै जनकपुर जान लागेका हुन्।

पछिल्लो समय पत्नी निकितासँग विभिन्न धार्मिक स्थलको भ्रमणमा रहेका रवि भारतका प्रसिद्ध मन्दिरहरूको दर्शन गरेर फर्किएका थिए। यसपटक भने उनीहरू छठ पर्व मनाउन मधेस जान लागेका हुन्।

रवि दम्पती छठ पूजाका लागि जनकपुर जान लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

देशभरका नदी किनार तथा तालतलैयामा छठ पर्वको तयारी भइरहेका बेला रवि–निकिताले जनकपुरको गंगासागरमा छठ मनाउन लागेका हुन्।