धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा असमझदारी नरहेको बताएका छन्।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारलाई दिइएका सुझाव र आलोचनालाई लिएर बाहिर फैलाइएका विभिन्न हल्लाको पछि नलाग्न आग्रह गरे।
सरकारले आफ्ना प्रतिबद्धता र चुनावी वाचा पूरा गर्न दृढताका साथ काम गरिरहेको उल्लेख गर्दै लामिछानेले पार्टी नेतृत्वको सरकारलाई सुझाव दिनु वा रचनात्मक आलोचना गर्नु आन्तरिक विवाद अथवा पार्टी विभाजनको संकेत नभएको स्पष्ट पारे।
रास्वपा लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने पार्टी भएकाले आन्तरिक बहस, विमर्श र फरक मतलाई स्वाभाविक रूपमा लिनुपर्ने उनको भनाइ थियो। पार्टीभित्र पक्ष र विपक्षमा हुने छलफललाई नेतृत्वले सकारात्मक रूपमा ग्रहण गर्दै आएको उनले बताए।
मधेस प्रदेशको जनमत र विकासको विषय उठाउँदै लामिछानेले यसपटक जनताले रास्वपालाई ठूलो विश्वासका साथ अवसर दिएको उल्लेख गरे।
‘यस पटक जनताले रास्वपालाई ठूलो भरोसाका साथ अवसर दिएका छन्। अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन,’ उनले भने।




प्रतिक्रिया