दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारकाे बुझे पत्र


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेकोे मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझेको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको सेमत लामो विदा परेका कारण उनी कार्यालय हाजिर भने भएका छैनन् । उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ ।

तर पूर्वप्रहरीमहानिरीक्षक कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।