काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा आइतबार काठमाडौंको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा–आराधना गरेका छन् ।
छठ पर्वको मुख्य दिन गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन् ।
सूर्यदेव र छठी माताको उपासना गरी मनाइने छठ पर्वमा सूर्यलाई अर्घ्य दिएर परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ ।
चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रूपमा समापन हुनेछ ।




प्रतिक्रिया