३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहको प्रदेश अधिवेशन १५ मंसिरदेखि सुरु हुँदैछ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औं नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । १५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् ।
शनिबार प्रदेश सभापति बिर बाहदुर बलायरले विज्ञप्ति जारी गरेर कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी सार्वजनिक गरेका थिए ।
उनका अनुसार सुदूरपश्चिम प्रदेश अघिवेशन १५ मंसिर बिहान ११ बजेबाट उद्घाटन समारोह सुरू हुनेछ ।
विज्ञप्तिमा सुदूरपश्चिमका नौवटै जिल्लाका सबै वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पनि उल्लेख थियो ।




प्रतिक्रिया