पेट्रोलियम पदार्थको मूल्य यथावत्



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ ।

यही कात्तिक ३० गतेको निर्णयअनुसार साबिकको खुद्रा मूल्यलाई नै यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

यसरी पेट्रोलियम पदार्थको खुद्रा विक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा हालको स्थितिमा १ अर्ब ६२ करोड ७७ लाख घाटा हुने जानकारी दिइएको छ ।