चितवन। किसानले दुधको मूल्य वृद्धि गर्न माग गरेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दुधको मूल्य वृद्धि गर्न माग गरेका हुन्।
साेमबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोजना गरी दुधको सङ्घका अध्यक्ष किशोर वगालेले दाना चोकरको मूल्य वृद्धि भएसँगे दुधको मूल्य वृद्धि बढाउनुपर्ने बताएका हुन्। उनले विसं २०७९ मा वृद्धि भएको दुधको मूल्य त्यसपछि वृद्धि नभएको बताए।
अहिले दुध उत्पादक किसानले प्रतिलिटिर चार फ्याट र आठ एचएनएफ भएको दुधको मूल्य रु ६५ पाउने गरेका छन् । यो मूल्यलाई बढाएर कच्चा दुध प्रतिलिटर रु ७५ पुर्याउनुपर्ने माग सङ्घले गरेको छ । दाना चोकरको मूल्य वृद्धि भएसँगै दुधको लागत मूल्यमा समेत वृद्धि भएको उनले जानकारी दिए।
उनले भने,“दसैँअघि देखि दुधको मूल्य वृद्धि गर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुन सकेको छैन ।” आफूहरुले दुधको मूल्य वृद्धिको माग गर्दै सरोकारवाला निकायमा भेट गरी मूल्य वृद्धिको माग गरेको बताउनुभयो । सामान्य अवस्थामा दुधको लागत मूल्य प्रतिलिटर रु ५५ देखि ६० पर्ने गरेको छ । अहिले दाना चोक्करको मूल्य बढेपछि लागत मूल्य पनि बढेको उनले जानकारी दिए।
अहिले जिल्लामा दैनिक तीन लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ । उत्पादित दुधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ । जिल्लामा ११५ दुग्ध उत्पादक सहकारीमार्फत दुध सङ्कलन गरेर बजारमा पुर्याउँदै आएको छ।




प्रतिक्रिया