काठमाडौँ । मङ्सिर ६ र ७ गते हुने दुईदिन प्रधानमन्त्री बालेन्द्र शाहले छिमेकी देश भारतको भ्रमण गर्ने भएका छन् । रास्वपा सरकारका प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।
भ्रमणका क्रममा प्रम शाहको उच्चस्तरीय भेटवार्ता भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुनेछ। प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सुरुमा करिब ३० मिनेट एक्लाएक्लै वार्ता हुने जनाइएको छ । शीर्ष नेतृत्वबीचको आधा घण्टाको कुराकानीपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच औपचारिक द्विपक्षीय छलफल हुनेछ।
छलफलमा नेपालले पूर्वाधार विकासका लागि आवश्यक आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्कको विस्तार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न थप हवाई प्रवेशमार्ग (एयर रुट) उपलब्ध गराउने विषयलाई दिल्लीमा मुख्य एजेन्डाका रूपमा उठाउने परराष्ट्र स्रोतले जनाएको छ ।




प्रतिक्रिया