युवाको नेतृत्व गर्दै आशिक गुरुङको काँग्रेस गण्डकी प्रदेश उप-सभापतिमा दाबी


पाेखरा । नेपाली काँग्रेसको निवर्तमान सभपति शेर बहादुर समुहकाे १५ औं नियमित महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुँदैछ । प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्नेछन् भने महाधिवेशन तयारी समितिका संयोजक शंशाक कोइराला लगायतका केन्द्रीय नेताहरुकोसमेत उपस्थिति रहनेछ ।

प्रदेश अधिवेशन नजिकिएसँगै पदाधिकारी पदका उम्मेदवारहरुको चर्चा हुन थालेको छ । प्रदेश सभापतिमा हालका उप-सभापति मेखलाल श्रेष्ठको वलियो दाबी रहेको छ भने उप-सभापतिमा हालका प्रदेश सदस्य युवा नेता आशिक गुरुङको वलियो दाबी रहेको छ । मेखलाल श्रेष्ठ गण्डकी प्रदेशका पुर्व मन्त्री हुन् भने आशिक गुरुङ पार्टीको पर्यटन विभाग संयोजक हुन् र युवामाझ निकै लोकप्रिय छन् ।

युवा नेता गुरुङले युवा नेतृत्वको आवश्यक अपरिहार्य रहेको हुँदा सबै युवाको नेतृत्व गर्दै आफु प्रदेश उप-सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको बताए । अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै र सबै साथी-भाइको माया र साथमा आफु अघि बढेको गुरुङकाने भनाइ छ । उनी कास्की क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि हुन् ।