काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गरेका हुन् ।
उनीहरूको विवाह आगामी मंसिर १० गते तय भएको छ । विवाहको तयारी विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा सुरु भइसकेको छ । विवाह समारोह भने झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने बताइएको छ ।
मुकुल र निशाको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । पार्टी राजनीतिमा सक्रिय दुवैको सम्बन्धले पछिल्लो समय सार्वजनिक चासोसमेत पाउँदै आएको थियो ।
डा. मुकुल ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन् । पार्टीभित्र विभिन्न राजनीतिक घटनाक्रमका कारण चर्चामा रहँदै आएका उनी पछिल्लो समय व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन् ।
निशा डाँगी रास्वपाकी नेतृ तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट संसद् प्रवेश गरेकी थिइन् भने २०८२ को निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् । उनी पार्टीको केन्द्रीय नेतृत्वमा समेत रहेकी छन् ।




प्रतिक्रिया