पत्रकार शालिकराम न्यौपाने सम्पर्कविहीन, खोजीका लागि श्रीमतीले प्रहरीमा दिइन् निवेदन


काठमाडौं । चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य पत्रकार शालिकराम न्यौपाने सम्पर्कविहीन भएका छन् । उनी मंसिर १ गते बिहान ११ बजेदेखि परिवारको सम्पर्कमा नरहेको उनकी श्रीमती अस्मिता पाण्डेले जानकारी दिइन्।

अस्मिताका अनुसार न्यौपानेले गृहमन्त्री सुदन गुरुङकी आमा ज्ञानु लामाको भिडियो आफ्नो फेसबुक पेज ‘इन्टरटेनमेन्ट रिल्स’ मार्फत पहिलोपटक सार्वजनिक गरेका थिए । उक्त भिडियो सार्वजनिक भएपछि विभिन्न व्यक्तिबाट हटाउन दबाब आएको र पछि भिडियो हटाइएको उनले बताइन् । अहिले उक्त फेसबुक पेजको नाम परिवर्तन गरेर ‘न्युज अपडेट एनपी’ राखिएको छ ।

अस्मिताले श्रीमान् सम्पर्कविहीन हुनुअघि आफूलाई ह्वाट्सएपमा व्यक्तिगत भ्वाइस म्यासेज पठाएको बताएकी छन् ।

श्रीमानकाे खोजी गरिदिन माग गर्दै अस्मिताले अनामनगर प्रहरी वृत्तमा निवेदन दिएकी छन् ।

प्रहरीले न्यौपानेको खोजी सुरु गरेको जनाएको छ ।