दुई लाखको एकैपटकको प्रयासले एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’:क्यान


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्री केही मिनेटमै सकिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएकाे छ । क्यानका अनुसार फाइनल खेल हेर्न ठूलो संख्यामा समर्थकले टिकट खरिद गर्न खोजेपछि उपलब्ध टिकट छोटो समयमै बिक्री भएको हाे ।

क्यानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा फाइनल खेलको टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदका लागि प्रयास गरेको उल्लेख गरेको छ । अत्यधिक संख्यामा एकैसाथ अनुरोध आए पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित रहेकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।