नदी छेउमा रहेका बस्तीलाई स्थानान्तरण गर्नु तीन तहका सरकारको जिम्मेवारी: मुख्यमन्त्री


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नदी छेउमा रहेका बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘भोटेकोशीको महाविपत्तिलाई हेरेर पनि नदी किनारमा रहेका भौतिक संरचना र बस्ती स्थानान्तरण गर्नु हामी तीन वटै तहका सरकारको महत्त्वपूर्ण जिम्मेवारी हो । यसो गर्न सके मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सक्छौँ,’ मुख्यमन्त्री मगरले भने ।

नदी किनारमा बनेका भौतिक संरचना र बस्तीलाई स्थानान्तरण गर्न आवश्यक भइसकेको उनको भनाइ छ । मुख्यमन्त्री मगरले यो जिम्मेवारी तीन वटै तहका सरकारको भएको उल्लेख गर्दै बस्ती स्थानान्तरण गर्न सके मानवीय क्षति न्यूनीकरण गर्न सकिने बताए ।