पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ


काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मलेसिया रोजगारी प्रकरणमा अनुसन्धानका क्रममा उनलाई भारतीय भूमिबाट प्रहरीले पक्राउ गरेको हो ।

मलेसियामा नेपाली कामदार पठाउने क्रममा अवैध रूपमा रकम असुली गरी उक्त रकम मलेसिया पठाएको आरोप अर्यालमाथि लागेको छ ।

मलेसिया रोजगारी प्रकरणमा प्रहरीले यसअघि तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गरिसकेको छ । उनीहरूमाथि ठगी तथा सङ्गठित अपराधको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

अर्यालको पक्राउसँगै मलेसिया रोजगारी प्रकरणको अनुसन्धान थप उच्च तहका पदाधिकारीसम्म पुगेको छ ।