महिलाहरुले धार्मिक पर्यटनको विकासमा लाग्नु पर्छःराष्ट्रपति भण्डारी

0
Shares

भक्तपुर ६ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएकी छन् ।

भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं वाषिर्कत्सवमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

ष्ट्रपति भण्डारीले भनिन्‘देश विकास निर्माणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण रहेको छ, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा पनि महिलाहरुको अग्रसरता अपरिहार्य भएको छ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले केदारनाथको शीर घोषणा गरेपछि मन्दिरमा विधिवत नियम बनाएर व्यवस्थापन समितिले भदौ ६ गते वाषिर्कोत्सव, शिवरात्री र अक्षय तृतीया गरी जम्मा तीन दिन मात्रै मन्दिरको भित्रै गएर पुजा गर्न पाईने व्यवस्था गरेको छ ।