प्रमुख निर्वाचन आयुक्तबाट सबैप्रति धन्यावाद ज्ञापन


काठमाडौँ, १६ कातिक, (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादलले दोस्रो चरणअन्तर्गत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएकोमा खुशी प्रकट गर्दै सवैप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

पत्रकारसँग कुराकानी गर्दै उहाँले उम्मेदवारी दर्तामा देखिएको मीत्रभाव र उत्साहलाई निर्वाचन आचारसंहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।