प्रधानमन्त्री देउवा आजबाट नियमित प्रशासनिक काममा फर्किए


काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नियमित काममा फर्किएका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारको लागि टिकट वितरण र चुनावी तालमेलमा व्यस्त प्रधानमन्त्री देउवा हिजो सम्पन्न दोस्रो चरणको निर्वाचनको मनोनयन दर्तासँग आजबाट नियमित प्रशासनिक काममा फर्किएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् । प्रशासनिक चुस्तदुरुस्त बनाउनको लागि पनि उनले आजबाट आफूलाई व्यस्त राख्ने तयारी गरेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीको आन्तरिक काममा व्यस्त रहेका प्रधानमन्त्री देउवाले आज मुख्यसचिव, गृहसचिव र रक्षासचिवसँग समेत विशेष बिफ्रिङ् लिने बुझिएको छ ।