प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस


डडेल्धुरा, २३ मसिर : डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ ।

प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याउनुभएको छ, भने उहाँलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहनुभएको छ ।