राष्ट्रपतिले कांग्रेस नेताहरुलाई शितल निवास डाकिन्


काठमाडौं, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेताहरुलाई छलफलको लागि आज अपरान्ह तीन बजे शीतनिवास बोलाएकी छिन् ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेशबारे दलहरुवीच विवाद उत्पन्न भएपछि छलफल गर्नको लागि राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरुलाई बोलाएकी हुन् । २ महिना अघि नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले बहुमतीय आधारमा निर्वाचन हुनुपर्छ भन्ने अडान लिरहेको छ भने सरकारले एकल संक्रमणीय व्यवस्थाको आधारमा हुनुपर्छ भनेर अध्यादेश पेश गरेको हो ।