काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कडा रुपमा प्रस्तुत भैरहेका छन् । कांग्रेस नेताहरु राष्ट्रपतिलाई भेट्न ३ बजे नै शीतलनिवासमा पुगिसकेका थिए ।
सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेश राष्ट्रपति कार्यलयमै रहेकोले उक्त अध्यादेशका बारे छलफल भैरहेको कृष्ण प्रसाद सिटौलाले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन्।
राष्ट्रपतिसँगको भेटमा कांग्रेसले स्पष्ट रुपमा राष्ट्रपतिलाई आफ्नो साख जोगाउन आग्रह गर्ने सिटौलाले जानकारी दिएका छन्। राष्ट्रपति कार्यलयबाट अध्यादेश फिर्ता भएको खण्डमा सरकारले दुख ब्यक्त गर्दै उक्त अध्यादेश पास गर्न पुनस् पत्र लेख्ने पनि सिटौलाले बताएका छन्।




प्रतिक्रिया