नेपालगन्ज, १३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज आइपुगेका छन् । बिहीबार अपराह्न नेपालगन्ज आइपुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए । उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाएका थिए ।पूर्वराजपरिवार एक हप्ताभन्दा बढी समय नेपालगन्जमा बस्ने कार्यक्रम रहेको जनाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले नेपालगन्जमा निर्मित चारतारे होटल सोल्टीको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।उनले विभिन्न धार्मिक तथा ऐतिहासिक मठ–मन्दिरहरुको दर्शन पनि गर्ने बताइएको छ ।




प्रतिक्रिया