‘सैतानी ब्याज’ को पासोमा !

0
Shares

काठमाडौं १९ पुस । ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा मुद्दा चलिरहेको छ ।

उनीहरूको भनाइ छ– ‘सयकडा पाँच रुपैयाँ ब्याजदरमा ५० हजारदेखि दुई लाखसम्म ऋण दिएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साहले तीन–चारवटा फर्जी कागज बनाएर ऋणीमाथि ब्याजको पासो थापेका छन् ।’

लिएभन्दा धेरै रकमको फर्जी कागज बनाएर प्रदेशीले ऋणीविरुद्ध सर्लाही जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरेको पीडितको आरोप छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

Skip This