कांग्रेसले आफ्नै कारणले पराजय भोगेको हो : कोइराला


नवलपरासी, माघ ६: कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी सरकार बनाउने खेलमा नलागेर प्रतिपक्षको भुमिकामा बस्ने बताएका छन् ।

नवलपरासीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसलाई सरकार बनाउने जनमत नै नरहेकाले त्यस्तो भूमिकामा लाग्न नहुने दोहोर्‍याए ।

कोइरालाले कांग्रेस आफ्नै कारणले पराजय भोगेको चर्चा गर्दै प्रतिपक्षमा बस्ने जनमत पाएकाले सरकार सञ्चालन गर्ने चोष्टा गरे पार्टीलाई नोक्सान पुग्ने बताए ।