काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न अन्तरिम आदेश दिएको छ । राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो ।
मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको छ ।




प्रतिक्रिया