काठमाडौँ, १८ फागुन । आफ्नो अयोग्यतासम्बन्धी उठेको प्रश्नलाई ढाकछोप गर्नका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीले लगाएको अवहेलनाको मुद्दामा बयान दिन कान्तिपुर पब्लिकेशन्सको टोली शुक्रबार अपरान्ह सर्वाेच्च अदालतमा बयान दिन पुगेको थियो ।
मुद्दा महाशाखाले शुक्रबार समय अभाव हुने भन्दै आइतबारका लागि समय तोकेर फिर्ता पठाएको हो । शुक्रबार कान्तिपुरकर्मीलाई हाजिर गराउने, बयान लिनेलगायतका कुनै पनि काम भएन ।

आज उपस्थितिको हाजिरी (गेटमा) गराएर बयानको लागि लागि आईतबार साँढे १० बजेलाई बोलाईएको छ । बयानका लागि कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक स्वस्तिका सिरोहिया र प्रधान सम्पादक सुधिर शर्मा आज अदालत पुगेका थिए ।
विभिन्न जन्ममिति र नागरिकता भएका पराजुलीको शैक्षिक योग्यतामा समेत गम्भीर प्रश्न उठेपछि त्यसबारे आएको समाचारबाट क्रुद्ध हुँदै प्रेसमाथि नै सेन्सरसिप लगाउने खालको आदेशसहित उनले कान्तिपुरलाई ७२ घण्टाभित्र आफैं उपस्थित भई बयान गर्न आउनु भनेका थिए।




प्रतिक्रिया