चैत ११, काठमाण्डौ । नेकपा एमालेका सचिव योगेश भट्टराइले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच वैशाख ९ गतेअघि नै पार्टी एकता हुने सम्भावना रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले एकताका लागि सबै तयारी पूरा भएको भन्दै उनले छिटै एकता हुने बताए ।
“भारत भ्रमणमा एउटै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको रुपमा जाँदाखेरी महत्व ज्यादा हुने भएकाले भ्रमणअघि नै एकता गर्ने प्रयास भइरहेको छ ।” उनले भने ।
यद्यपी वैशाख नौ गते पार्टी स्थापना दिवस भएकाले उक्त दिन एकताको तयारी हुन सक्ने भट्टराईले बताए ।




प्रतिक्रिया