काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेताहरुले संयुक्त रुपमा पार्टीको आगामी कार्यदिशासम्बन्धी धारणापत्र सार्वजनिक गरेका छन् ।
गगन थापाको नेतृत्वमा युवा नेताहरुले ५१ पेज धारणापत्र सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । उक्त धारणापत्रमा देउवा नेतृत्वको सरकारले तीन वटै चरणको निर्वाचन सफलता पूर्वक सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेकोमा बधाइ दिँदै त्यसपछि भने त्यही देउवा सरकारको आलोचना गर्न थाल्नेछ ।
काँग्रेसको विचारको जित भए पनि पार्टी पराजित हुनुमा नेतृत्वकै कमजोरी रहेको विषयलाई उठान गरी काँग्रेसको विगतदेखि भविष्यसम्मको समष्टिगत रुपमा चिना लेख्ने काम उक्त ५१ पृष्ठ लामो धारणापत्रमा समेटिएको छ ।
उक्त प्रतिवेदन पेश गर्दै नेता गगन थापाले कांग्रेसले आफ्नो मैदान ७५ प्रतिशत खाली छोडिदिएकोले कम्युनिष्ट आएर खेल जितेको बताएका छन्।
पेश गरेको प्रतिवेदनमा भनिएको छ,‘खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरूले अत्यधिक राम्रो खेलेका हुन तरु होइनन्। तर हामीले २०४८ देखि खेल मैदानको ठूलो हिस्सा खाली छोडेर सानो हिस्सामा सिमित भएपछि स्वाभाविक रूपले चुनावी नतिजा पनि झन् भन्दा झन् बढी हाम्रो प्रतिकुल हुँदै गयो। उनीहरूको कुनैपनि सैद्धान्तिक मोर्चामा हामीले प्रश्न उठाउन सकेनौं।’
यो धारणापत्रको निचोड तत्काल महासमिति बैठक बोलाएर अन्ततोगोत्वा महाधिवेशन आब्हान गर्नुृरहेको स्रोतको दावी छ । युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल लगायतले संयुक्त रुपमा उक्त धारणापत्र तयार पारेको बुझिएको छ ।




प्रतिक्रिया