काठमाडौं, १५ बैशाख । प्रथम अधिराज्यव्यापी नेपाल क्योकुशिन केन्बुकाई कराँते प्रतियोगिता–२०७५ को आयोजकले रिपोर्टर्स क्लब नेपालका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलालाई सम्मान गरेको छ।
शनिबार विहान नयाँ बानेश्वर, शंखमुल काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार धमलालाई सम्मान गरिएको हो । ज्ञानिकेतन उच्च माविका प्रधानाध्यापक शेरबहादुर कुँवरको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल क्योकुशिन केन्बुकाई कराँते डोजोका अध्यक्ष विनो खड्डी र आयोजक प्रकाश देशारले धमलालाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

धमलालाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ,‘विगत २५ वर्षदेखि पत्रकारितामा सलंग्न ऋषि धमलाले नेपाली पत्रकारितामा विशिष्ट पहिचान स्थापित् गर्नुभएको छ। न्ेपाली पत्रकारितामा उहाँले दिनुभएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गर्न पाएकोमो हामी आँफै गौरवान्तित भएका छौं।
अन्र्तवार्ताहरुमा विशेष दख्खल राख्नु हुने धमलाकै पहलमा खुलेको रिपोर्टर्स क्लब मार्फत दुःख सुखमा रहेकाहरुले समेत आफ्ना आवाज सञ्चारमाध्यमसम्म पुर्याउने अवसर प्रदान गरेको छ।’
त्यस्तै सम्मानपत्रमा थप भनिएको छ,‘सर्वसाधरणदेखि राजीनितक दलका विशिष्ट व्यक्तित्वहरुलाई यो मञ्च प्रदान गरेर धमलाले विशेष योगदान दिनुभएको स्मरण गर्न चाहन्छौं।र, उहाँले गरेको योगदानको उच्च मूल्यांकन गर्दै यो सम्मान पत्र प्रदान गरिएको छ।’
सम्मानित भएपछि संक्षिप्त मन्तव्य राख्दै पत्रकार धमलाले खेल क्षेत्रको विकास र विस्तार आजको अनिवार्य आवश्यकत्ता रहेको स्पष्ट पारे । उनले भने,‘खेल क्षेत्रले नेपाललाई विश्वसामू चिनाएको छ। खेल क्षेत्रले नेपालको पहिचानलाई थप उँचो बनाएको छ, हामीलाई गौरवान्तित महशुस गराएको छ । फूटबल, भलिबल, क्रिकेट, कराँतेजस्ता खेलहरुले नेपाललाई विश्वसामू चिनाएका छन्।’
खेलको विकासले मान्छे अनुशासन बन्ने धमलाको तर्क छ । उनले थपे,‘खेल क्षेत्रको विकास र संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्छ।’ उनले खेलाडीहरुलाई आत्मनिर्भर बनाउनतिर सरकारले पहल गर्नुपर्नेपनि बताए । उनले भने,‘खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्छ, उनीहरुलाई खेलजीवनपछि कुनै चिन्ता नहोस्।’
पछिल्लो समय गाउँदेखि केन्द्रसम्म खेलको प्रभाव ह्वात्तै बढेको पनि धमलाले बताए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि राज्यले खेलको विकासको लागि ध्यान दिनुपर्नेमा जोड दिए । आफूहरुले अहिले वर्तमान सरकारको काम हेरिरहेको पनि उनको भनाई थियो ।
उनले भने,‘कांग्रेसले अहिले सरकारको काम हेरिरहेका छ, कांग्रेसले वाच डगको रुपमा हेरिरहेको छ । हरेक क्षेत्रमा सामाजिक, आर्थिक, खेल क्षेत्रमा पनि हामीले हेरिरहेका छौं, यी क्षेत्रमा सरकारले कसरी काम गरिरहेको छ।’
राष्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद भन्दै प्रथम अधिराज्यव्यापी नेपाल क्योकुशिन केन्बुकाई कराते प्रतियोगिता–२०७५ नयाँ बानेश्वर, शंखमुल, काठमाडौंमा जारी छ ।




प्रतिक्रिया