ओलीले सत्ताको उपहास गरेको रामचन्द्रको गम्भिर आरोप


पोखरा, वैशाख २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । नेता पौडेलले दुईतिहाइको बलमा ओली सरकारले संवैधानिक निकायहरुमा पनि राजनीति गर्न खोजेको आरोप लगाए ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतलगायतका संवैधानिक निकायहरुलाई खबरदारी गरेर ‘सत्ताको उपहास’ गरेको उनको भनाइ ।