केकी अधिकारीको फिल्म ‘कोहपुर एक्सप्रेस भारतीय फिल्म ‘मुम्बई एक्सप्रेसु’को फोटोकपी !

काठमाडौं, २३ बशाख । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नो बाँच्न पाउने हक गुमेको भन्दै स्वदेश फिर्ता हुने वातावरण मिलाई दिन नेपाल सरकारसँग माँग गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता रिजालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा लेखेको पत्र समेत वाचन गरेका छन् । उनले भने,‘छिमेकी राष्ट्रको हिसाबमा भारतीय प्रधानमन्त्री मोदीजीले हाम्रो बारेमा केही गर्नुहुन्छ कि भन्ने आशा गरेका छौं, हाम्रा सन्तानहरु कोही कतै, कोही कतै छन्, भुटानी राजाले त्यतिखेर हाम्रा आफ्न्तलाई सिधासिधा गोली हानेर मार्यो, कति नारीहरु बलात्कृत बने, आज भूटानमा प्रजातन्त्र आयो भनिन्छ, तर हामीमाथिको व्यबहार उस्तै प्रकारको छ, न्याय दिने ठाउँबाहेक सबै शासन प्रणाली राजाकै चलेको छ, मैले निरंकुशताको बिरुद्धमा १० वर्ष जेल जीवन भोगेको छु, भुटानबाट नेपाल आउँदा तात्कालिन राजा वीरेन्द्रको आदेशमा मलाई हत्कडी लगाएर भुटान पठाईयो मैले १० वर्षको कठोर जेल सजाय भोगें, पछि विश्वको दबाबमा म जेलबाट छुटें, तर मेरो देशमा बस्न सकिन म फेरी नेपाल आएर जीवन जोगाएँ ।’ सन १९९१ मा भेटानी राजाको खेदाईपछि नेपाल आईपुगेका १ लाख १२ हजार भुटानीहरु मध्ये केवल ९ हजार जति भुटान फर्किन चाहेको भन्दै नेता रिजालले भुटानी सरकारसँग उच्च तहको वार्ता गरिदिन नेपाल सरकारलाई आग्रह समेत गरे । उनले भने,‘नेपालप्रति हामी ठूलो ऋणि छौं, आजका दिनसम्म हामीलाई बस्न दियो, खान दियो, हामी नेपाली भाषी भुटानी हौं, हाम्रो अधिकारको लागि नेपाल सरकारले जति भूमिका अरु कसैको हुँदैन, बाँकी ९ हजारलाई तत्काल स्वदेश फर्किने वातावरण मिलाउनको लागि जोडदार माँग गर्दछु ।’ उनले अघि थपे,‘पत्रकारले गरे के हुँदैन, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीबीचको भेटमा हाम्रो विषय उठाईदिनको लागि आग्रह गरिदिनुस्, हामी हाम्रै देशमा जान चाहन्छाँैं कतिसम्म हामी यसरी बेखबर भएर बाँच्ने म ७२ वर्षको भएँ, उत्पीडनको आन्दोलन गर्नु नै अभिषाप भयोजस्तो लाग्छ ।’ नेता रिजालले भुटानमा प्रजातन्त्र आएको भनिएपनि अझै ८० हजार भुटानी नागरिकले नागरिकता नपाएको दुःखेसो पोखे ।
0
Shares

काठमाडौं, २२ बैशाख । नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक नायिकाको रुपमा चिन्ने गरिन्छ । करीब एक दशक नेपाली फिल्ममा आफ्नो अभिनयमार्फत् फरक पहिचान बनाएकी उनी गएको हप्ताको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट निर्मात्रीको रुपमा उदाएकी छिन् ।

यो दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसु को फोटोकपी रहेको चौतर्फी आलोचना भइरहँदा पनि केकी भने ‘इन्स्पायर्ड’ मात्र भएको भन्दै आफू अछुतो बन्न खोजिरहेकी छिन् । तर, दर्शकहरु उनी जस्तो नायिकाले भारतीय फिल्मबाट प्रभावित भएर फिल्म निर्माण गर्नु दुःखको कुरा रहेको बताउँछन् ।

सामाजिक सञ्जालमा फिल्मको विषयमा दर्शकको मिश्रित प्रतिक्रिया छ । कतिले गुणस्तरिय फिल्म बनेको भन्दै तारिफ गरिरहेका छन् भने कतिले फोटोकपी फिल्म भएको भन्दै चर्को आलोचना गरिरहेका फिल्म खबरमा समाचार छ ।

हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स स् इन्फीनिटी वार’ का कारण मल्टिप्लेक्समा ‘कोहलपुर एक्सप्रेस’ रुनु न हाँस्नु स्थितीमा छ । सिंगल हलमा पनि फिल्मले पहिलो हप्ता उत्साहजनक व्यापार गर्न सकेन । तर, केकी विस्तारै हलमा दर्शकको ुफ्लोु बढेको दाबी गर्छिन् । यतिमात्र होइन उनले बिहीवार फिल्म सफल भएको भन्दै केक समेत काटिन् ।

केक काट्नुको मुख्य उद्येश्य फिल्मले एक हप्तामा एक करोड कलेक्सन गरेको जानकारी मिडियामा दिनु थियो । केकीले केक काट्दै गर्दा भनिन्, ुकलेक्सनको संख्या भन्दा पनि हाम्रो मेहनतलाई दर्शकले रुचाइदिनुभयो । त्यो नै हाम्रो लागि ठूलो सफलता हो ।ु

केकीले १ करोडको केक काट्दै गर्दा उनी यतिबेला सामाजिक सञ्जालमा मजाकको पात्र बनेकी छिन् । नेपालमा बक्सअफिस लागू नहुँदा निर्माताले जति भनेपनि फिल्मको कलेक्सन रिपोर्ट पत्याउनु पर्ने अवस्था छ । तर, एकाध फिल्मबाहेक अन्य फिल्मको कलेक्सन रिपोर्ट सबै हावादारी हुन्छन् ।

‘कोहलपुर एक्सप्रेस’ ले एक हप्तामा करोड कलेक्सन गरेको खबर निर्माताबाट आउनु अनौठो भएन । तर, उनले फिल्म सफलतापूर्वक प्रदर्शन भइरहेको भन्दै केक काटेर खुसीयाली मनाउनुले चाहिँ ठूलो प्रश्न चिन्ह खडा गरेको छ । उनी आफूले आफैंलाई ‘कोहलपुर एक्सप्रेस’ हिट भएको भन्ने विश्वास दिलाउन सक्छिन् वा सक्दिनन् यो प्रमुख कुरा हो ।

अहिले केकीमाथी जसरी पनि आफू निर्मित पहिलो फिल्म हिट बनाउन खोजेको आरोप छ । दक्षिण भारतीय फिल्मबाट कपी भएको खबर सर्वत्र हुँदा फिल्मको विदेश प्रदर्शन चौपट हुने अवस्थामा छ । यसकारण पनि उनी कतै यस्ता फन्डा निकालेर जर्वजस्ती रुपमा फिल्म हिट भएको भन्ने साबित गर्न त खोजिरहेकी छैनन् ?