काठमाडौंमा स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न

जनकपुर, २३ बैशाख । यही वैशाख २८ गते दुई दिने भ्रमणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । मोदी बैशाख २८ गते जनकपुरमा आउने कार्यक्रम छ । मोदीको जनकपुर भ्रमणबारे भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले आज यहाँको व्यवस्थापनबारे चासो लिएका छन् । उनी काठमाडौंबाट अनुगमन गर्न जनकपुर आईपुगेका छन । उनले हवाईअड्डा र सडक र रंगभुमि मैदानमा निर्माण भईरहेको मञ्च लगायतको अनुगमन गर्दै आजै विशेष निर्देशन समेत दिएका छन् ।
0
Shares

काठमाडौं, २२ बैशाख  : काठमाडौंमा न्यूजिल्याण्ड अष्ट्रेलिया अमेरिका स्पाइन कन्फ्रेन्स २०१८ सम्पन्न भएको छ ।

‘स्पाइनल डिफर्मिटि एण्ड इम्व्यालेन्स-ग्लोबल ट्रेन्डस्’ शिर्षक दिइएको सम्मेलनमा नेपालसँगै न्यूजिल्याण्ड, अष्ट्रेलिया र अमेरिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागि भएका थिए ।

सम्मेलनमा स्पाइन अर्थात मेरुदण्ड सम्बन्धि बिभिन्न समस्याहरु तथा रोगहरु र उपचारमा भइरहेको बिश्वब्यापि अभ्यासबारे गहन छलफल भएको थियो ।

बिशेषगरी एडल्ट डिफर्मिटी तथा बालबालिकाहरुमा देखिने ढाड समबन्धि समस्या जस्तै स्कोलियोसिस लगायतका समस्याहरु बारे सहभागिहरुले आ(आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल स्पाइन हेल्थ इन्टरनेशनल तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको संयुक्त आयोजनामा भएको दुइदिने सम्मेलनको नेतृत्व कोर्स कोअर्डिनेटरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको स्पाइन सर्भिसेजका डाइरेक्टर समेत रहनुभएका कन्सल्ट्यान्ट अर्थोपेडिक तथा स्पाइन सर्जन डा. बिनोद बिजुक्छेले गर्नुभएको थियो ।