नेकपाले निर्वाचन आयोगमा बुझायो हस्ताक्षर (भिडियोसहित)


काठमाडौँ, १४ जेठ । नवगठित नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजात बुझाएको छ । नेकपाका नेताद्धय सुवाषचन्द्र नेम्वाङ र देव गुरुङको टोलीले आज निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि आवश्यक केन्द्रिय सदस्यहरुको हस्ताक्षरसहितको महत्वपूर्ण कागजात निर्वाचन आयोगलाई उपलब्ध गराएको हो ।

दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातहरु बुझाउने काम गरिएको पूर्व सभामुख समेत रहेका नेता नेम्वाङले जानकारी दिए । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी यस अघि नै दर्ता गरिएकाले आफूहरुले नाममा अन्डरलाईन थप्नु परेको पनि नेता नेम्वाङले स्पष्ट पारे ।

तस्विर : मुकुन्द कालिकोटे