ट्रेड युनियन कांग्रेसमा देउवा समूहको हार, पौडेल समुहका आचार्यको प्यानलै विजयी


असार २, काठमाण्डौ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशनबाट पुस्कर आचार्यको प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेसनिकट मजदुर संगठनको अध्यक्षसहित आचार्यको प्यानल विजयी भएको हो ।

छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए ।

आचार्यको प्यानललाई रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो । निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो ।

कांग्रेस भातृ संगठनमा देउवा पक्षको यो लगातार अर्को हार हो । यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।