असार ३, काठमाण्डौ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५र७६ का लागि २८ अर्ब २८ करोड , २८ लाख २८ हजारको वजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार विनियोजन गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा विकास र समृद्धिको ढोका खुलाउन धेरै चुनौति भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ज्वालाले चुनौतिकाबीचबाट काम गरिरहेको बताए ।
विकास र समृद्धिका लागि उद्देश्य र प्राथमिकता किटान गरेर बजेट ल्याइएको ज्वालाले बताए । कर्णाली प्रदेशलाई विकासका दृश्टीले धेरै पछाडि पारिएको गुनासो गर्दै मन्त्री ज्वालाले विगतमा कर्णाली क्षेत्रलाई विकासको मूल प्रवाहमा नराखिएको बताए ।
अहिले पनि संघीय सरकारले कर्णाली प्रदेशलाई जति बजेट चाहिने हो त्यति नदिएको उनको आरोप छ ।
जनताले भने प्रदेश सरकारबाट धेरै आशा गरेको भन्दै ज्वालाले अबका दिनमा जनतालाई निराश नबनाउने गरी काम गरिने बताए ।




प्रतिक्रिया